ईयूमा पहिलोपटक पेट्रोल भन्दा विद्युतीय कार बढी बिक्री
काठमाडौँ । युरोपेली सङ्घ (ईयू) मा डिसेम्बर महिनामा पहिलोपटक पेट्रोलबाट चल्ने कारभन्दा विद्युतीय कार बढी बिक्री भएका छन् ।
युरोपेली सवारी साधन बिक्रेता ‘एसीईए’ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार उत्सर्जनसम्बन्धी नियम खुकुलो पार्ने प्रस्तावबिच पनि विद्युतीय सवारीको माग तीव्र रूपमा बढेको छ ।
तथ्याङ्कअनुसार अमेरिकी ईभी कम्पनी टेस्लाले बजार हिस्सा गुमाइरहेकाे छ भने चीनको बीवाईडी र युरोपको सबैभन्दा ठुलो समूह फक्सवागनले आफ्नो उपस्थिति बलियो बनाएका छन् ।
समीक्षा अवधिमा टेस्लाको विक्री २० दशमलव २ प्रतिशतले घट्दा बीवाईडीको विक्रीमा भने २२९ दशमलव ७ प्रतिशतको वृद्धि देखिएको छ ।
डिसेम्बर महिनामा युरोपभर सवारीसाधन बिक्री लगातार छैटौँ महिना पनि बढेको छ । सन २०२५ मा कुल विक्री १ करोड ३३ लाख थान पुगेको छ । यो पाँच वर्षयताकै उच्च हो । तर यो २०१९ मा कोरोना भाइरसको महामारी सुरु हुन अघिको स्तरभन्दा अझै कम छ ।
डिसेम्बरमा ब्याट्री विद्युतीय, प्लग–इन हाइब्रिड र हाइब्रिड कारको विक्री क्रमशः ५१ प्रतिशत, ३६ दशमलव ७ प्रतिशत र ५ दशमलव ८ प्रतिशतले बढ्दै कुल बिक्रीको अनुपातमा ६७ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यो अनुपात ५७ दशमलव ८ प्रतिशत मात्र थियो । ईयूले सन २०३५ देखि परम्परागत इन्धनबाट चल्ने कार प्रतिबन्धको योजना परिमार्जन गरे पनि विश्लेषकहरूले विद्युतीय सवारीको लोकप्रियता अझ बढ्ने अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण