अनशनरत अजय सोडारीको जीवन रक्षा गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको माइतीघरमा आमरण अनशनरत अजय सोडारीको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरेको छ।
‘जेनजी’ आन्दोलनका बन्दी रिहाइ र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारलगायतका माग राखी विगत ९ दिनदेखि अनशनमा रहेका सोडारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगको टोलीले माघ १३ गते स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा चिकित्सकहरूले सोडारीको रक्तचाप र पल्स रेट कम भएको तथा स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जानकारी गराएका थिए। उनी हाल सलाइन पानीको भरमा छन्।
आयोगले अनशनरत व्यक्तिको स्वास्थ्यप्रति संवेदनशील भई तत्काल प्रभावकारी उपचारको व्यवस्था मिलाउन, वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न र निजको जीवन रक्षा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। यसैबीच स्वास्थ्य प्रतिकुल बनेपछि आजै सोडारीलाई वीर अस्पताल भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण