च्याम्पियन्स लिगमा बेनफिकाको शानदार जित, रियल म्याड्रिड ४-२ ले पराजित
सारांश
- च्याम्पियन्स लिगमा बेनफिकाले रियल म्याड्रिडलाई ४-२ गोलले पराजित गर्यो।
- खेलमा एमबाप्पेले रियलका लागि २ गोल गरे भने बेनफिकाका शेल्डेरुपले २ गोल गरे।
- खेलको इन्जुरी समयमा गोलकिपर अनातोली त्रुबिनले गोल गर्दै बेनफिकाको जित सुनिश्चित गरे।
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत आज राति भएको रोमाञ्चक खेलमा पोर्चुगिज क्लब बेनफिकाले स्पेनिस जायन्ट रियल म्याड्रिडलाई ४–२ गोलअन्तरले पराजित गर्दै ठुलो उपलब्धि हासिल गरेको छ।
खेलको सुरुवातमै रियल म्याड्रिडका स्टार स्ट्राइकर किलियन एमबाप्पेले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसपछि बेनफिकाले खेलको लय समात्दै ३६औँ मिनेटमा एन्ड्रियास शेल्डेरुपको गोलमार्फत बराबरी गर्यो । पहिलो हाफको इन्जुरी समयमा भेन्जेलिस पाभ्लिडिसले पेनाल्टीमार्फत गोल गर्दै बेनफिकालाई २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा फेरि एमबाप्पेले ५८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई खेलमा फर्काए । शेल्डेरुपले ५४औँ मिनेटमा दोस्रो गोल गर्दै बेनफिकालाई पुनः अग्रता दिलाए ।
अन्तिम क्षणमा खेल अझ नाटकीय बन्यो । इन्जुरी समय बेनफिकाका गोलकिपर अनातोली त्रुबिनले अविश्वसनीय रूपमा गोल गर्दै जित सुनिश्चित गरे । खेलको अन्त्य तिर रियलका राउल असेन्सियो र रोड्रिगोले रातो कार्ड पाएपछि म्याड्रिड पूर्ण रूपमा दबाबमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण