पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना
बिहीबार, १५ माघ २०८२, ११ : ४३
म्याग्दी । मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो ।
समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिए ।
मालिका गाउँपालिकाले रु सात लाख ७६ हजार अनुदान सहयोग गरेको भवन निर्माणका लागि समूहले देउसीभैलो र चन्दा सङ्कलन गरेर जुटाएको थप रु दुई लाख २३ हजार खर्च भएको उनले जानकारी दिए ।
बिम–मालिका सङ्घको सहयोगमा २०७७ साल का पहिरोपीडितको लागि एकीकृत बस्ती स्थापनाका लागि खरिद भएको जग्गामा भवन निर्माण भएको हो । भवनको गण्डकी प्रदेश सांसद रेशमबहादुर जुग्जालीले बुधबार उद्घाटन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्यो
-
कोशीका खानेपानी सचिवले ‘मैले हात उठाएँ’ भनेपछि सांसदले भने– झोला बोकेर जानु
-
फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण घोषणा
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण