शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

बुवाआमाको पहिचान नभएकी सकुमायालाई नागरिकता प्रदान

बिहीबार, १५ माघ २०८२, १२ : ३९
बिहीबार, १५ माघ २०८२

भोजपुर । माइती नेपालको संरक्षणमा रही बुवा आमाको पहिचान हुन नसकेकी सुकुमाया गुरुङलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता उपलब्ध गराएको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जिल्ला प्रशासन कार्यालयमा गुरुङलाई नागरिकता प्रदान गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सकुमायालाई ०९–०१–८२–०३५५९ नम्बरको नागरिकताको प्रमाणपत्र दिइएको हो । भोजपुरको साल्पासिलिछो गाउँपालिका– ६ उनको स्थायी बासस्थान रहेको छ ।

नागरिकता नहुदाँ समस्यामा रहेकी सुकमायालाई नागरिकता प्रदान गरेपछि राज्यले दिने सेवा सुविधा लिन सहज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप