गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
गुल्मी । ६ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बीमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ ।
नागरिकले स्वास्थ्य बीमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बीमाप्रतिको आकर्षण बढ्न थालेको हो ।
पछिल्लो तथ्याङ्कअनुसार हाल एक लाख ३१ हजार १२७ जना स्वास्थ्य बीमामा आबद्ध बनिसकेका छन् । बीमामा आबद्धता हुनेहरुमा ६७ हजार ५१७ महिला र ६३ हजार ६०८ पुरुष रहेका छन् ।
जिल्लामा रहेका १२ स्थानीय तह मध्यमा सङ्ख्याका आधारमा रेसुङ्गा नगरपालिका स्वास्थ्य बीमा गर्नेमा सबैभन्दा अगाडि छ । उक्त नगरपालिकामा २५ हजार २१२ व्यक्ति बीमामा आबद्ध भएका छन् ।
त्यसैगरी रुरुक्षेत्र गाउँपालिकामा १४ हजार २१७ बिमित बनेका छन् । जिल्लामा पालिकाहरुमा रहेको जनसङ्ख्याका आधारमा भने रुरुक्षेत्र गाउँपालिकामा सबैभन्दा धेरै नागरिक बिमित बनेको स्वास्थ्य बीमा बोर्ड गुल्मीका संयोजक तथा दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिए।
रुरुक्षेत्र गाउँपालिकामा पछिल्लो समयमा स्वास्थ्य बीमा दर्ता अभियानमा नागरिकहरुले सक्रिय सहभागिता जनाएको अध्यक्ष यदु ज्ञवालीले बताए ।
उनले यस आर्थिक वर्षमा पालिका भित्र ९० प्रतिशत बिमित पुर्याउने योजना रहेको बताए । अध्यक्ष ज्ञवालीले विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमसँग जोड्ने गरी कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाइएको जानकारी दिए।
त्यसैगरी मुसिकोट नगरपालिकामा आठ हजार २६१, चन्द्रकोट गाउँपालिकामा ६ हजार ५१७, धुर्कोट गाउँपालिकामा १० हजार ७३३, छत्रकोट गाउँपालिकामा १२ हजार ५७३ र गुल्मीदरबारमा १० हजार ४३१ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् ।
त्यसैगरी इस्मा गाउँपालिकामा सात हजार ७९०, कालिगण्डकीमा छ हजार ८२१, मदाने गाउँपालिकामा तीन हजार ९३२, मालिका गाउँपालिकामा आठ हजार ४५१ र सत्यवती गाउँपालिकामा १६ हजार १९० जना नागरिक स्वास्थ्य बीमामा आबद्ध बनिसकेको बताइएको छ ।
जिल्लामा ६ वर्षको अवधिमा कुल जनसङ्ख्याका आधारमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बनिसकेको स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी घिमिरेले बताए ।
जिल्लामा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र गरी सातवटा अस्पतालले स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएका छन् ।
विगत वर्षहरुको तुलनामा जिल्लामा स्वास्थ्य बीमा गर्नेहरुको सङ्ख्या बढ्दै गएको दर्ता अधिकारी घिमिरेले बताए । स्वास्थ्य बीमा कार्यक्रमका लागि जिल्लामा दुई जना कर्मचारी र ९४ जना दर्ता सहयोगी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्सीको लतमा फस्नुअघि पेलेको चमकसमेत फिका पार्ने फुटबलका सुपरस्टार
-
इजरायलद्वारा इरानको पेट्रोकेमिकल केन्द्रमा आक्रमण
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण