बेलायतले गाजा युद्धसम्बद्ध एआई फेसियल रिकग्निसन प्रयोग गर्ने
लन्डन । बेलायतले प्रहरी निगरानीका लागि कृत्रिम बौद्धिकता (एआई) आधारित अनुहार पहिचान गर्ने प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार गर्ने तयारी गरेको छ ।
गाजामा इजरायली सेनाले प्रयोग गरेको प्रविधिसँग यो प्रविधि जोडिएको खुलासा भएपछि नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठेका छन् । बेलायतका गृहसचिव शबाना महमुदले सोमबार प्रहरीद्वारा प्रयोग हुने ‘लाइभ फेसियल रिकग्निसन’ प्रविधि देशव्यापी रूपमा विस्तार गरिने घोषणा गरेकी हुन् । यस योजनाअन्तर्गत हाल १० वटा रहेका अनुहार पहिचान भ्यानलाई बढाएर ५० भन्दा बढी पुर्याइनेछ । यी भ्यानलाई प्रहरीको ‘वाचलिस्ट’मा रहेका व्यक्तिहरू पहिचान गर्न प्रयोग गरिनेछ ।
अल जजिराले गरेको अनुसन्धानअनुसार बेलायती प्रहरीका लागि आपूर्ति गरिने उक्त सफ्टवेयर इजरायलस्थित कम्पनी कोरसाइट एआईले बनाएको हो । यो कम्पनी बेलायती फर्म डिजिटल ब्यारियर्समार्फत उप–ठेक्काका रूपमा चयन भएको हो । गाजामा इजरायली सेनाले यही प्रविधि प्रयोग गरी चेकप्वाइन्टहरूमा हजारौँ प्यालेस्टिनी नागरिकको पहिचान, निगरानी र अपहरणसम्म गरेको आरोप छ । बेलायतको गृह मन्त्रालयको खरिद निकाय ‘ब्लु लाइट कमर्सियल’ले पनि उक्त कम्पनीको संलग्नता पुष्टि गरेको छ ।
डिजिटल ब्यारियर्स र कोरसाइट एआईलाई ६ महिनाको परीक्षणपछि २० मिलियन पाउन्ड बराबरको परियोजनाका लागि तीन आपूर्तिकर्तामध्ये एकका रूपमा चयन गरिएको थियो । इजरायलले गाजामा गरेको कारबाहीलाई लिएर बेलायती सरकारले आलोचना गरे पनि त्यही निगरानी संरचनासँग जोडिएको कम्पनीसँग सहकार्य अघि बढाएको भन्दै मानवअधिकारकर्मी र अभियानकर्ताहरूले कडा आपत्ति जनाएका छन् ।
यस प्रविधिको दुरुपयोग, गोपनीयता हनन र गलत पहिचानको जोखिमप्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण