बेलायती प्रधानमन्त्री स्टार्मर र चीनका राष्ट्रपति सीबिच भेटवार्ता
सारांश
- बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरे।
- आर्थिक वृद्धिदर लड्खडाइरहेको बेलायतले चीनसँगको सम्बन्ध सुधार्न खोजेको छ।
- सी चिनफिङले बेलायतसँग दीर्घकालीन रणनीतिक साझेदारीको लागि तत्परता जनाए।
बेइजिङ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चीन भ्रमणमा रहेका स्टार्मरले बिहीबार जनवरी २९ मा सिसँग भेट गरेका हुन् । यो आठ वर्षयता बेलायती प्रधानमन्त्रीको पहिलो चीन भ्रमण हो ।
बेलायतको आर्थिक वृद्धिदर लड्खडाइरहेको अवस्थामा स्टार्मरले चीनसँगको सम्बन्ध सुधार्न खोजिरहेका छन् । बेलायतले चीनसँग राम्रो सम्बन्ध चाहेको स्टार्मरले बताए । उनले चीनलाई ‘विश्व मञ्चमा एक महत्वपूर्ण खेलाडी’ पनि भने ।
बेलायत–चीन सम्बन्धले उतारचढाव अनुभव गरेको उल्लेख गर्दै राष्ट्रपति सी जिनपिङले चीन बेलायतसँग दीर्घकालीन रणनीतिक साझेदारीका लागि तयार रहेको बताए । वर्तमान विश्वव्यापी अवस्थालाई अस्थिर र परिवर्तनशील भन्दै सिले विश्वमा शान्ति र स्थिरताका लागि राम्रो संवाद आवश्यक रहेको बताए ।
अमेरिकासँगको सम्बन्ध चिसिँदै गएको अवस्थामा पछिल्लो समय विभिन्न देशहरूले चीनसँगको सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । क्यानडेली प्रधानमन्त्री मार्क कार्नीले चीनसँग आर्थिक सम्झौतामा हस्ताक्षर गरेलगत्तै स्टार्मर चीन भ्रमणमा पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण