बहस गर्नुपर्ने विषय धेरै छन्, तर अहिले निर्वाचनमा केन्द्रित हुनुपर्छ: सापकोटा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाले बहस गर्नुपर्ने विषय धेरै भए पनि अब ती विषयलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरू रहे पनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापित गर्नका लागि अहिले पार्टीको सम्पूर्ण अर्जुनदृष्टि फागुन २१ मा लगाउनुपर्नेमा जोड दिए । नेता सापकोटाले अहिले वामपन्थीहरूलाई सिद्ध्याउने योजना बनिरहेकाले नेपाली कम्युनिस्ट पार्टीलाई थप एकताबद्ध बनाउँदै अघि बढाइएको धारणा राखे । उनले नेकपाको लोकप्रियता निकै बढ्दै गएको दाबी गर्दै अन्य प्रियतावाद एकदिन पानीको फोका झैँ फुट्ने उल्लेख गरे ।
सापकोटाले कम्युनिस्ट दलहरूप्रति फैलाइएको भ्रमलाई व्यवस्थित ढङ्गले चिर्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण