रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा फाइल पेस गर्न आदेश
सारांश
- सर्वोच्च अदालतले रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा फाइल पेस गर्न आदेश दिएको छ।
- अदालतले कर्तव्य ज्यान मुद्दाको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न भनेको छ।
- निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेपछि उनले रिट दायर गरेका थिए।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघिको फाइल पूर्वादेशअनुसार कार्य सम्पन्न गरी पेस गर्न आदेश दिएको छ ।
चौधरीको रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न आदेश दिएको छ ।
यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो ।
ढकालको इजलासले शारदा कडायतले चौधरीलाई दिएको आममाफीविरुद्ध दिएको रिट फाइल र निर्वाचन आयोगले गरेको निर्णयको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण