फर्निचर उद्योगमा आगलागी, ३५ लाखको सामान नष्ट
बिहीबार, १५ माघ २०८२, २१ : १९
भक्तपुर । भक्तपुरको एक फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख बराबरको सामान नष्ट भएको छ ।
सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
आगलागीबाट फर्निचर उद्योगसँगै रहेको सुवास लिम्बूले सञ्चालन गरेको खाजा पसल तथा मैना तामाङको गलैँचाको तानमा आगलागीबाट क्षति भएको प्रहरीको भनाइ छ ।
जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल, प्रहरी र स्थानीयले तीन घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण