सत्यतथ्य र यथार्थ समाचार सम्प्रेषण गर्न आयोगको आग्रह
सारांश
- राष्ट्रिय सूचना आयोगले प्रतिनिधिसभा निर्वाचनमा सत्यतथ्य समाचार दिन आग्रह गर्यो ।
- आयोगले निर्वाचनलाई निष्पक्ष बनाउन सूचना प्रवाहमा ध्यान दिन सबैलाई आग्रह गर्यो ।
- आयोगले गलत र भ्रामक सूचनालाई निगरानी गर्न सरकारलाई सचेत गरायो ।
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्यतथ्य र यथार्थ समाचार सम्प्रेषण गर्न सबैलाई आग्रह गरेको छ ।
आयोगले बिहीबार पत्रकार सम्मेलन गरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सबैलाई आग्रह गरेको हो । पत्रकार सम्मेलनमा आयोगका आयुक्त एवं प्रवक्ता गगन विष्टले निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाहलाई सत्यतथ्य र यथार्थमा आधारित बनाउनुपर्ने बताए ।
सरोकारवालाले सार्वजनिक गर्ने निर्वाचनसम्बन्धी सूचना समयमै, सबैले बुझ्ने गरी सार्वजनिक गर्नुपर्ने प्रवक्ता विष्टले उल्लेख गरे । गलत र भ्रामक सूचनामाथि निगरानी तथा नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाइराख्न उनले सरकारलाई सचेत गराए । निर्वाचन आयोगलाई मतदाता शिक्षा थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानुन, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्नुपर्ने आयोगले जनाएको छ ।
आयुक्त विष्टले राजनीतिक दल र उम्मेदवारलाई आफ्नो उम्मेदवारबारे तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाको प्रयोग नगर्न निर्देशन दिए । उनले सम्बन्धित दलको निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्न सूचना अधिकारी तोक्न निर्देशन दिए । उनले सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्नुपर्ने बताए । कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रूपमा प्रकाशन तथा प्रसारण नगर्न आयोगले सचेत गराएको छ ।
सर्वसाधारण नागरिकलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना प्रचार गर्नुअघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको यकिन गर्न, भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आयोगले सबैलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण