जसपा नेपालले उत्तरदायी नेतृत्व र विकासमुखी सोचको महत्त्व स्थापित गरेको छ : उपेन्द्र यादव
सारांश
- उपेन्द्र यादवले जसपा नेपालले नेपाली राजनीतिमा अग्रणी भूमिका निर्वाह गरेको बताए।
- पार्टीले २७ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको र यसलाई जनतासँग योजना प्रस्तुत गर्ने अवसरको रूपमा लिएको छ।
- यादवले घोषणापत्र जनताको आवश्यकता र आकाङ्क्षाप्रतिको प्रतिबद्धता भएको बताए, जसले विश्वास बढाउँछ।
सप्तरी । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं ३ का उम्मेदवार उपेन्द्र यादवले नेपाली राजनीतिमा जसपा नेपालले आफ्नो अग्रणी भूमिका निर्वाह गर्दै उत्तरदायी र विकासमुखी सोचको महत्त्व स्थापित गरेको बताएका छन् ।
पार्टीले २७ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको भन्दै यादवले यसलाई पार्टीको स्पष्ट उद्देश्य र योजनाहरू जनतासँग सिधा प्रस्तुत गर्ने अवसरको रूपमा लिएको बताएका छन् ।
चुनावी अभियानमा सक्रिय अध्यक्ष यादवले भने, ‘घोषणापत्र केबल नीति र योजना मात्र नभई जनताको आवश्यकता र आकाङ्क्षाप्रति पार्टीको जिम्मेवारी र प्रतिबद्धता पनि हो । जनतामाझ पार्टीका प्रतिबद्धता सार्वजनिक गर्ने कार्यले मतदाताबिच विश्वासको वातावरण सिर्जना गर्ने र अन्य दलहरूलाई पनि आफ्नो योजना स्पष्ट पार्न प्रेरित गर्छ ।’
समाजका विभिन्न वर्गका समस्याहरू समाधान गर्ने पार्टीको नीति र सङ्कल्प स्पष्ट हुने र राजनीतिक रूपमा यसले पारदर्शिता र जबाफदेहिताको उदाहरण प्रस्तुत गर्ने अध्यक्ष यादव बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण