सुर्खेत- १ का कांग्रेस उम्मेदवार विष्णुको प्रष्टीकरण : पूर्णबहादुरको भाइ भएर मात्र टिकट पाएको होइन
सारांश
- विष्णुकुमार खड्काले आफू पूर्णबहादुर खड्काको भाइ मात्रै भएको आरोप अस्वीकार गर्दै टिकट पाएको बताए।
- उनले आफूले पार्टीमा लामो समयदेखि काम गरेको र क्षेत्रका समस्यामा संलग्न भएकोले टिकट पाएको दाबी गरे।
- खड्काले आफू निर्वाचित भएमा विगतभन्दा राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सुर्खेत । नेपाली कांग्रेसबाट सुर्खेत क्षेत्र नम्बर १ को उम्मेदवार रहेका विष्णुकुमार खड्काले आफू पूर्णबहादुर खड्काको भाइ मात्रै भएकाले टिकट नपाएको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले परिवारवादको आरोपबारे प्रष्टीकरण दिँदै सो कुरा बताएका हुन् ।
कांग्रेस विशेष महाधिवेशनपछि उनका दाजु समेत रहेका कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको मुद्दा अदालतमा रहेकाले नैतिकताका आधारमा चुनाव नलड्ने भनेका थिए ।
तर उनको क्षेत्रमा उनकै भाइ विष्णुले टिकट पाए । एकातिर विशेष पक्षलाई आधिकारिक कांग्रेस नमानेका खड्काहरू अदालतमा गए भने अर्कातिर सभापति गगनकुमार थापाकै हस्ताक्षर भएको टिकट उनका भाइले पाए ।
अहिले यही विषयमा खड्कामाथि परिवारवाद र नैतिक प्रश्न उठेको छ । उम्मेदवार रहेका विष्णुले आफू ०४६ सालदेखि निरन्तर रूपमा पार्टीमा काम गरेको, आफ्नो क्षेत्रका हरेक समस्यामा प्रत्यक्ष रूपमा संलग्न भएको र त्याग गरेको कारण आफूले टिकट पाएको बताए ।
‘क्षेत्र १ मा कांग्रेसलाई जित्न नसक्ने अवस्था भएपछि खाली पूर्णबहादुर खड्काको भाइलाई दाइले टिकट दियो भनेर हल्ला फिँजाइयो, त्यो गलत छ,’ उनले भने, ‘कांग्रेसले उक्त क्षेत्रमा जित्छ ।’
आफू सांसद भएको खण्डमा विगतभन्दा राम्रो काम गर्ने उनले बताए । विष्णु कांग्रेस सुर्खेतका उपसभापति हुन् भने यातायात र मेडिकल व्यवसायी समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण