सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध

शुक्रबार, १६ माघ २०८२, १५ : ४६
शुक्रबार, १६ माघ २०८२

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संवाद भइरहेको दाबी गर्दै भविष्यमा पनि यस्तो वार्ता जारी रहने बताएका छन् ।

चिनियाँ समाचार संस्था शिन्ह्वाका अनुसार ट्रम्पले संवाद कुन स्तरमा र कससँग भएको हो भन्ने स्पष्ट विवरण नदिए पनि अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रम तत्काल रोक्न र देशभित्र भइरहेका विरोध प्रदर्शनका क्रममा हिंसा नियन्त्रण गर्न कडा सन्देश दिएको उल्लेख गरे ।

यसै सन्दर्भमा अमेरिकाले इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत ‘अब्राहम लिङ्कन’ विमानवाहक पोत समूह तैनाथ गरेको जानकारी दिँदै ट्रम्पले सैन्य उपस्थिति कूटनीतिक चेतावनीको रूपमा रहेको सङ्केत गरे ।

ट्रम्पले अमेरिका र इरान दुवै समयको दबाबमा रहेको उल्लेख गर्दै वार्ता सफल नहुँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चेतावनी दिएका छन् ।

यो घटनाक्रमले अमेरिका–इरान सम्बन्ध पुनः तनावपूर्ण मोडतर्फ उन्मुख भएको सङ्केत दिएको छ र यसले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप