आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते
सारांश
- आबुँखैरेनीमा विद्युतीय माइक्रो दुर्घटना हुँदा छ जना घाइते भए ।
- दुर्घटनामा दुई जनाको अवस्था गम्भीर र चार जनाको मध्यम रहेको छ ।
- घाइतेहरूको आबुँखैरेनी अस्पतालमा प्रारम्भिक उपचार गरियो र थप उपचारका लागि रिफर गरियो ।
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र सयस्थित पृथ्वीराजमार्गमा आज साँझ विद्युतीय माइक्रो दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
काठमाडौँबाट पोखरातर्फ गइरहेको बा प्र ०१–००२ज ८५१८ नम्बरको माइक्रो अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा माइक्रोमा सवार १२ जनामध्ये छ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, चार जनाको मध्यम रहेका छन्भने अन्य छ जना सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी र्दि ।
दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा इभी चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका हर्कपुर निवासी अन्दाजी २३ वर्षीय मनिष कुँवर र कास्की पोखरा महानगरपालिका चमेरे गुफा निवासी २१ वर्षीया अन्जली पुन रहेका छन् । चालक कुँवरको पेट र छातीमा भित्री चोट लागेको छ भने अन्जली पुनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था छ । दुवै जनालाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ ।
मध्यम घाइते हुनेहरूमा रौतहट माधवनारायण नगरपालिका–१ निवासी १९ वर्षीय धिरज यादव, काठमाडौँ महानगरपालिका अनामनगर निवासी २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ निवासी २३ वर्षीय राज बलामी ९सहचालक० र पाँचथर हिलीहाङ गाउँपालिका–३ निवासी २० वर्षीया इच्छा लिम्बू रहेका छन् ।
उनीहरू सबै बोल्न सक्ने अवस्थामा रहेको र आवश्यक उपचार भइरहेको प्रहरीले जनाएको छ । सहचालक बलामीलाई पनि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । घाइतेहरूको प्रारम्भिक उपचार आबुँखैरेनी अस्पतालमा गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण