एआईले पर्यटकलाई हुँदै नभएको हट स्प्रिङ्गमा पठाएपछि.....
सारांश
- अस्ट्रेलियाको तस्मानियास्थित टुर कम्पनीको वेबसाइटमा एआईद्वारा लेखिएको ब्लगले नक्कली हट स्प्रिङ्सको प्रचार गर्यो।
- ब्लगले 'वेल्डबरो हट स्प्रिङ्स' भ्रमणको सुझाव दिएको थियो, तर त्यस्तो कुनै हट स्प्रिङ्स अस्तित्वमा थिएन।
- कम्पनीले गल्ती स्वीकार गर्दै सामग्री तेस्रो पक्षलाई जिम्मा दिएको र प्रतिष्ठामा असर परेको जनायो।
मेलबर्न । अस्ट्रेलियाको तस्मानियास्थित एक टुर कम्पनीको वेबसाइटमा प्रकाशित कृत्रिम बौद्धिकताद्वारा तयार गरिएको ब्लगका कारण पर्यटकहरू अप्ठ्यारोमा परेका छन् । उक्त ब्लगले उत्तर तस्मानियामा रहेको भनिएको ‘वेल्डबरो हट स्प्रिङ्स’ भ्रमण गर्न सुझाव दिएको थियो । तर, यस्तो कुनै पनि हट स्प्रिङ अस्तित्वमै थिएन ।
तस्मानिया टुर्स नामक कम्पनीको वेबसाइटमा प्रकाशित यो ब्लग पछि हटाइएको थियो । ब्लगमा वेल्डबरो हट स्प्रिङ्सलाई शान्त जंगलबीचको सुन्दर आश्रयस्थल भन्दै हाइकर्सका लागि मनपर्ने गन्तव्यका रूपमा वर्णन गरिएको थियो । वेल्डबरो लन्सेस्टन सहरबाट करिब ११० किलोमिटर टाढा रहेको सानो ग्रामीण बस्ती हो ।
न्यू साउथ वेल्सस्थित अस्ट्रेलियन टुर्स एन्ड क्रुजेसका सञ्चालक स्कट हेनेसीले अस्ट्रेलियन ब्रडकास्टिङ कर्पाेरेसन (एबीसी)सँग कुरा गर्दै आफ्नो एआईले पूर्ण रूपमा गल्ती गरेको भनेका छन् । उनका अनुसार कम्पनीको मार्केटिङ सामग्री बनाउने जिम्मा तेस्रो पक्षलाई दिइएको थियो । आफू देशबाहिर हुँदा उक्त ब्लग प्रकाशित भएको उनको भनाइ छ ।
ठुला कम्पनीसँग प्रतिस्पर्धा गर्न वेबसाइटको कन्टेन्ट सधैँ नयाँ राख्नुपर्ने दबाबमा आफूहरू भएको भन्दै उनले आफूहरू स्क्याम नभएको स्पष्ट पारे । सीएनएनलाई दिएको प्रतिक्रियामा कम्पनीले सामाजिक सञ्जालमा आएको आलोचना र प्रतिष्ठामा परेको असर अत्यन्त पीडादायी भनेको छ ।
उता, स्थानीय वेल्डबरो होटलकी मालिक क्रिस्टी प्रोबर्टले सेप्टेम्बरदेखि पर्यटकहरूले हट स्प्रिङ्सबारे सोध्न थालेपछि आफू छक्क परेको बताइन् । दिनहुँ फोन आउने र होटलमै मानिसहरू आइपुग्ने गरेको उनको भनाइ छ । स्थानीय नदी अत्यन्त चिसो हुने र हट स्प्रिङ्सको साटो नजिकैको सहरमा मात्र साउना रहेको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण