शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

पानीको मुहान सफा गरेर फर्किँदा लडेर मृत्यु

शनिबार, १७ माघ २०८२, १८ : ०२
शनिबार, १७ माघ २०८२

पोखरा । स्याङ्जामा पानीको मुहान सफा गरेर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ ।

गल्याङमा गोरेटो बाटोबाट लडेर वडा नम्बर १० पक्ववादीका ५५ वर्षीय धर्मबहादुर थापाको मुत्यु भएको हो । उनको उपचारका क्रममा पाल्पामा मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ । 

शुक्रबार बिहान साढे १० बजे घर नजिकैको जंगलमा पानीको मुहान सफा गरी फर्कने क्रममा थापा गोरेटो बाटोबाट खसेका थिए । गम्भीर घाइते थापालाई तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप