मधेस आन्दोलनकै बलिदानीले आरक्षण सुनिश्चित भएको हो – उपेन्द्र यादव
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी, महिला, दलित, आदिवासी, जनजाती, थारू, मुस्लिम, पिछडावर्ग र अल्पसङ्ख्यक समुदायको आरक्षण मधेस आन्दोलनकै कारण सुनिश्चित भएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य सप्तरी–३ का उम्मेदवारसमेत रहेका यादवले शनिबार विष्णुपुर गाउँपालिका–३ मुहर्नियामा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै आन्दोलन र उपलब्धिबारे चर्चा गरे ।
उनले तत्कालीन मधेसी जनाधिकार फोरमले संघर्षबाट प्राप्त अधिकार र अवसरको स्मरण गर्दै अझै बाँकी अधिकारका लागि संघर्ष आवश्यक रहेको बताए । यादवले भने, 'पार्टीको मजबुतिकरणमात्र शोषित तथा उत्पीडित जाति, वर्ग र समुदायको अधिकार सुनिश्चित गराउन सकिन्छ ।'
अध्यक्ष यादवले सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, कृषि र उद्योगको विकास आवश्यक रहेकोमा जोड दिँदै अधिकार प्रयोग गर्न सक्षम हुनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने चुनौतीमा आमजनताको सजगता आवश्यक रहेको पनि स्मरण गराए ।
कार्यक्रममा जसपा नेपालका नेता तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, मानती सदा, स्वस्तिका चौधरी लगायतले मन्तव्य व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण