सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माैसम पूर्वानुमान

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

आइतबार, १८ माघ २०८२, ०६ : १५
आइतबार, १८ माघ २०८२

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • सुदूरपश्चिम प्रदेशको तराई भूभागमा हुस्सु र कुहिरो लागेको छ भने हिमाली भूभागमा हिमपातको सम्भावना छ।
  • गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

आज तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप