प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकामा कूल ५५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ४८ जना नयाँ उम्मेदवार रहेका निर्वाचन कार्यालयले जनाएको छ ।
एक लाख एक हजार ७२४ जना मतदाता रहेका निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट युवा नेता गोपीप्रसाद उपाध्याय, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट तारा लामा तामाङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट विना मगर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनकसिंह धामी, चार जना स्वतन्त्रसहित १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रका लागि एमालेका तामाङ, नेकपाका मगर र रास्वपाका दिल्लीबहादुर शाहीबाहेक सबै नयाँ उम्मेदवार हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कूल एक लाख नौ हजार ५७४ मतदाता छन् । यहाँ कांग्रेसबाट नारायणप्रकाश साउद, एमालेबाट वचनबहादुर सिंह, नेकपाबाट माधव पन्त र रास्वपाबाट दीपक बोहरा चुनावी मैदानमा छन् ।
यस क्षेत्रबाट स्वतन्त्रसहित १९ जनाबिच चुनावी प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका साउद र राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीबाहेक बाँकी १७ जना सङ्घीय निर्वाचनका लागि नयाँ उम्मेदवार हुन् ।
त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा एमालेका दीपकप्रकाश भट्ट र नेकपाका मानबहादुर सुनार यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् ।
विसं २०७४ को निर्वाचनमा भट्ट निर्वाचित भएका थिए भने नेकपाबाट उम्मेदवार बनेका सुनारले यसअघि २०५१ सालमा स्वतन्त्र उम्मेदवारी दिइसकेका थिए ।
यस क्षेत्रमा कूल एक लाख तीन हजार ८७ मतदाता रहेकामा एमालेका भट्ट र नेकपाका सुनारबाहेक सबै नयाँ उम्मेदवार हुन् । यहाँ तीन जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण