विराटनगरमा चार साहित्यकार पुरस्कृत
विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसरमा २०८२ सालका लागि घोषित विभिन्न पुरस्कार चारजना साहित्यकारलाई समर्पण गरेको छ ।
विराटनगरमा आयोजित एक विशेष समारोहका बीच नेपाली साहित्यको विभिन्न विधामा योगदान पुर्याएका स्रष्टाहरूलाई ती पुरस्कार प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने, विशेष अतिथि प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकारहरू बलराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, सरला चापागाई, प्राज्ञ गङ्गा सुवेदी, पुरस्कार दाताहरू र आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतले संयुक्त रूपमा पुरस्कार समर्पण गरे ।
प्रतिष्ठानले यस वर्षको ’नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार’ (राशिरू. १५ हजार) समालोचक तथा अनुवादक प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरेको छ । त्यस्तै, ’नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार’ (राशिरू. १५ हजार) कविता, बालसाहित्य र अनुसन्धानमा सक्रिय प्राज्ञ डा. कौशिला रिसाललाई प्रदान गरियो ।
यसैगरी, पाँच दशकदेखि साहित्य सेवामा समर्पित वरिष्ठ साहित्यकार मधु पोखरेललाई ’छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार’ (राशिरू. ११ हजार) र मुक्तककार शिव अधिकारी ’इलामे जेठो’लाई ’माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार’ (राशिरू. ११ हजार) समर्पण गरियो ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व र कृतित्वबारे कविहरू विन्दु दाहाल ’मुकदर्शक’, नानुमैया दाहाल, गोपाल निर्भिक र लक्ष्मी पोखरेलले समीक्षात्मक टिप्पणी गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपानेले नेपाली साहित्यको उन्नयन र विकासमा यस्ता कार्यक्रमले दरिलो खम्बाको रूपमा काम गर्ने बताए । प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलले मुक्तकको अनुसन्धानात्मक विकासका लागि अन्य विधा सरह नै यसको पनि गहन छलफल र चिन्तन हुनुपर्ने तर्क प्रस्तुत गरे ।
सचिव मदन भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा कोशी प्रदेशका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण