प्रधानमन्त्री कप क्रिकेट बैतडीको शानदार सुरुआत
सारांश
- बैतडीले दार्चुलालाई १२८ रनले हरायो, प्रधानमन्त्री कप क्रिकेटमा राम्रो सुरुवात गर्दै।
- दार्चुला १०८ रनमा समेटियो, बैतडीका हिक्मत महराले ५ विकेट लिए।
- बैतडीले पहिले ब्याटिङ गर्दै २३६ रन बनायो, जसमा आयुश चन्दले ४० रन बनाए।
बैतडी । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा बैतडीले शानदार सुरुआत गरेको छ । फाप्ला मैदानमा आज सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि १२८ रनको फराकिलो जित दर्ता गर्यो ।
बैतडीले दिएको २३७ रनको लक्ष्य पछ्याएको दार्चुला ३६।२ ओभरमा १०८ रनमा सीमित रह्यो । उसका लागि वीरेन्द्र बमले २५ तथा जीवन कार्की र केशरसिंह खातीले १३/१३ रनको योगदान दिए । बलिङतर्फ बैतडीका हिक्मत महराले ५ तथा लोकेन्द्र चन्दले २ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडीको पारी ३८ ओभरमा २३६ रनमा समेटियो । उसका लागि आयुश चन्दले ४०, दिपक बोहराले ३७ र खडक बोहराले ३६ रन बनाए । बलिङतर्फ दार्चुलाका नरेन्द्र महरा र वीरेन्द्र बमले ३/३ तथा लवराज जोशीले २ विकेट लिए । बैतडीका हिक्मत महरा ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा प्रदेशका ८ जिल्ला सहभागी रहेका प्रदेश क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली छनोट गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
-
खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले अवरुद्ध
-
मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
-
शुभ होटलमा पौडेललाई आएको अशुभ समाचार, बोल्नै नपाई पक्राउ परे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण