निर्देशक रोहित शेट्टीको घरबाहिर गोली प्रहार : लरेन्स बिश्नोई ग्याङले लियो जिम्मेवारी
सारांश
- मुम्बईको जुहूमा फिल्म निर्देशक रोहित शेट्टीको घर बाहिर गोली प्रहार भएको छ, जसमा लरेन्स बिश्नोई ग्याङको संलग्नता रहेको छ।
- आक्रमणकारीहरूले कम्तिमा पाँच राउन्ड गोली चलाएका थिए, जसमध्ये एउटा गोली जिमको सिसामा लागेको थियो।
- बिश्नोई ग्याङले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो घटनाको जिम्मेवारी लिएको छ र बलिउडलाई चेतावनी दिएको छ।
मुम्बई । मुम्बईको जुहूस्थित चर्चित फिल्म निर्देशक रोहित शेट्टीको निवासबाहिर शनिबार अबेर राति गोली प्रहार भएको छ। नौ तले भवनको पहिलो तलामा राति करिब १२:४५ बजे आक्रमणकारीहरूले कम्तीमा पाँच राउन्ड गोली चलाएका हुन्।
प्रहार गरिएकोमध्ये एउटा गोली भवनभित्र रहेको जिमको सिसामा लागेको प्रहरीले जनाएको छ। घटना लगत्तै सक्रिय भएको पुणे प्रहरीले आइतबार यस मामलामा संलग्न भएको आशङ्कामा चार जनालाई हिरासतमा लिएको छ।
यस आक्रमणको जिम्मेवारी कुख्यात लरेन्स बिश्नोई ग्याङले लिएको छ। सामाजिक सञ्जाल फेसबुकमा 'शुभम लोन्कर आरजु बिश्नोई' नामक एकाउन्टबाट एउटा पोस्ट सार्वजनिक गर्दै ग्याङले यो घटनाको जिम्मा लिएको हो।
पोस्टमा यसलाई 'सानो ट्रेलर' मात्र भन्दै चेतावनी दिइएको छ। ‘अर्को पटक घरबाहिर होइन, उसको बेडरुमभित्र छिरेर छातीमा गोली हान्नेछौँ,’ पोस्टमा लेखिएको छ। यसअघि पटक-पटक सन्देश पठाउँदा पनि आफ्नो काममा दखल दिएकाले शेट्टीलाई निशाना बनाएको उनीहरूको दाबी छ।
बलिउडलाई खुला चेतावनी र सुरक्षामा कडाइ बिश्नोई ग्याङले रोहित शेट्टीलाई मात्र नभई समग्र बलिउडलाई नै चेतावनी दिएको छ। समयमै नसुध्रिए राष्ट्रवादी कांग्रेस पार्टीका नेता बाबा सिद्दीकीको भन्दा पनि नराम्रो हाल बनाइदिने धम्की उनीहरूले दिएका छन्।
शुभम लोन्कर बाबा सिद्दीकी हत्याकाण्डको मुख्य योजनाकारमध्ये एक हुन्। यो घटनापछि जुहू क्षेत्रमा रोहित शेट्टीको घर आसपासको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ र थप सुरक्षा बल तैनाथ गरिएको छ।
यसअघि पनि लरेन्स बिश्नोई ग्याङले कमेडियन कपिल शर्माको क्यानडास्थित क्याफेमा तीन पटक गोली प्रहार गरिसकेको छ। बलिउडका हस्तीहरूलाई लगातार धम्की र आक्रमणको निशाना बनाउन थालेपछि मुम्बईमा त्रासको वातावरण सिर्जना भएको छ।
प्रहरीले अहिले सोसल मिडिया पोस्टको प्राविधिक पक्ष र हिरासतमा लिइएका व्यक्तिहरूको बयानका आधारमा थप अनुसन्धान अगाडि बढाइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण