आयरल्यान्ड र स्कटल्यान्ड महिला टी-२० विश्वकपमा छनोट
सारांश
- नेपालमा भएको छनोट प्रतियोगिताबाट आयरल्यान्ड र स्कटल्यान्ड महिला टी-२० विश्वकप २०२६ का लागि छनोट भए।
- आयरल्यान्डले थाइल्यान्डलाई ६२ रनले हराएर विश्वकपमा स्थान पक्का गर्यो, जसमा अर्लेन केलीले ४ विकेट लिए।
- स्कटल्यान्डले अमेरिकालाई ४१ रनले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गर्यो, जसमा डार्सी कार्टरले ५२ रन बनाए।
काठमाडौँ । नेपालमा आयोजित छनोट प्रतियोगिताबाट आयरल्यान्ड र स्कटल्यान्ड सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि छनोट भएका छन्। यसअघि नै बंगलादेश र नेदरल्यान्डले स्थान सुरक्षित गरिसकेको अवस्थामा अन्तिम दुई टोलीको टुङ्गो लागेसँगै विश्वकप खेल्ने १२ वटै टोलीको लाइन-अप पूरा भएको छ।
सन् २०२६ को जुन–जुलाईमा इङ्गल्यान्ड र वेल्समा आयोजना हुने विश्वकपमा आयोजक इङ्गल्यान्डसहित भारत, अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले सिधै स्थान बनाइसकेका छन्।
छनोटको अन्तिम दिन थाइल्यान्डलाई ६२ रनले हराउँदै आयरल्यान्डले विश्वकपको यात्रा पक्का गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा थाइल्यान्डको ब्याटिङ ध्वस्त भयो र टोली १६.१ ओभरमा ५९ रनमै अलआउट भयो।
आयरल्यान्डका लागि अर्लेन केलीले ७ रन खर्चेर ४ विकेट लिइन् भने लारा म्याकब्राइडले ३ विकेट हात पारिन्। थाइल्यान्डकी नान्नापत कोन्चारोएनकाईले १५ र कप्तान नरुमोल चैवाईले २२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
यस्तै, कीर्तिपुरमा भएको अर्को निर्णायक खेलमा स्कटल्यान्डले अमेरिकालाई ४१ रनले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो। पहिले ब्याटिङ गरेको स्कटल्यान्डले डार्सी कार्टरको ५२ रन र एलिसा लिस्टरको ४३ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाउँदै १७८ रनको विशाल स्कोर खडा गरेको थियो।
१७९ रनको लक्ष्य पछ्याएको अमेरिका १९ ओभरमा १३७ रनमा समेटियो। अमेरिकाका लागि चेतना पगड्याला र एला क्लारिजले अर्धशतकीय साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। स्कटल्यान्डका क्याथरिन ब्राइस, प्रियानाज चटर्जी र क्लो एबेलले समान २–२ विकेट लिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026