जीतेन्द्रनारायण देवले गरे एमाले छाडेको घोषणा
सारांश
- एमाले नेता जितेन्द्रनारायण देवले पार्टी छाडेको घोषणा गरेका छन्।
- देवले जेनजी आन्दोलनलाई नबुझेको र विदेशी षडयन्त्र मात्र देखेकोमा असन्तुष्टि जनाए।
- पार्टीलाई व्यक्तिवाद र स्वेच्छाचारी ढंगले सञ्चालन गरेको भन्दै देवले पार्टी परित्याग गरेका हुन्।
काठमाडौँ । नेकपा एमालेका नेता जीतेन्द्रनारायण देवले पार्टी छाडेको घोषणा गरेका छन् । देवले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो विदेशी षडयन्त्र मात्र देखेकोमा असन्तुष्टि जनाएका छन् ।
‘विगत लामो समयदेखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको आम विदेश पलायनको विरुद्धमा आक्रोशको विस्फोट थियो भदौ २३ गतेको जेनजी विद्रोह’, देवले भनेका छन् । साथै उनले पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी ढङ्गले पार्टी सञ्चालन गर्ने नेतृत्वको कार्यशैलीसँग असहमत भएकाले पार्टी छाड्नुपरेको देवले बताएका छन् ।
‘पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई ‘विदेशी षड्यन्त्र’ देख्ने, पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढङ्गले पार्टी सञ्चालन गर्ने विचार नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दै सबै सम्बद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु’, देवले भनेका छन् । देव २०८१ असार १७ गते नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण