खोला किनारमा चितुवा मृत फेला
मङ्गलबार, २० माघ २०८२, १४ : १८
सारांश
- मकवानपुरको थाहा नगरपालिकामा महालक्ष्मी खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ।
- स्थानीयले मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए, र प्रहरीले शव व्यवस्थापन गरेको छ।
- प्रहरीले चितुवाको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ । खोला किनारमा स्थानीयले सोमबार साँझ मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै चित्लाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहवरमा चितुवाको शव गोदामचौरमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए । चितुवा के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।---
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण