सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना सम्बन्धि मुद्दाको छिट्टै फैसला गर्नुपर्छ : पूर्वमुख्यसचिव अर्याल
काठमाडाैँ । पूर्वमुख्यसचिव एकनारायण अर्यालले प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धि मुद्दा चाँडो फैसला गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।
तोकिएको मितिमा निर्वाचन हुने कुरामा त्यसले पनि आशंका बढाएकाले सर्वोच्चले सो सम्बन्धि मुद्दा छिटो किनारा लगाउनुपर्ने उनको तर्क थियो ।
मंगलबार नेपाल कानून समाजले काठमाडाैँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वमुख्यसचिव अर्यालले राज्यका अंगहरुले आफ्नो जिम्मेवारी समयमा पूरा नगर्दा पनि मुलुकमा विभिन्न खालको समस्याहरु आउने गरेको तथ्य पनि स्मरण गराए ।
उनले भने,चुनाव तोकिएकै समयमा गर्नुपर्छ । तर यसो भनिरहँदा सुप्रिम कोर्टमा जुन कुराहरु छ, त्यो पनि समयमै टुंग्याईदिएको राम्रो । किनभने निर्वाचनको कार्यक्रम अघि बढी सक्यो । त्यो त भनिदिएर टुंंग्याइ दिई भइगयो नि । हामीले त्यस्ता निर्णय धेरै गरिसकेका छौ । किन डाउट गर्नलाई राख्ने । राज्यका अंगहरुले पर्पर फङशन नगर्दाखेरी विभिन्न समयमा विभिन्न समस्याहरु आएको छ । त्यो गभर्नेन्समा देखिएको विषय हो । यो कुराहरु आउनु पर्याे ।’
पूर्वमुख्यसचिव अर्यालले निर्वाचनको मिति सार्ने नभई तोकिएको मितिमा नै सबै क्षेत्रको निर्वाचन गराउनुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण