मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

मङ्गलबार, २० माघ २०८२, २१ : ४६
मङ्गलबार, २० माघ २०८२

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट मंगलबार पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिकाका २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिकाका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप