चन्द्रमातर्फको मानव मिसन अघि बढाउँदै नासा, रकेट इन्धन परीक्षण सफल
सारांश
- नासाले चन्द्रमाको यात्राका लागि रकेट इन्धन परीक्षण सफलतापूर्वक सम्पन्न गर्यो।
- परीक्षणले आर्टेमिस कार्यक्रम अन्तर्गत अन्तरिक्षयात्री पठाउने मिति तय गर्नेछ।
- यो मिसन चन्द्रमाको वरिपरि घुम्ने र पृथ्वीमा फर्किने योजनाको साथ अघि बढ्नेछ।
काठमाडौँ। अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्ष यात्री पठाउने तयारी स्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्त्वपूर्ण परीक्षण सोमबार सम्पन्न गरेको छ । यस परीक्षणको सफलताले आर्टेमिस कार्यक्रमअन्तर्गत अन्तरिक्षयात्रीहरूको प्रक्षेपण मिति तय गर्नेछ ।
केनेडी स्पेस सेन्टरमा स्पेस लन्च सिस्टम (एसएलएस) रकेटमा अत्यन्त चिसो हाइड्रोजन र अक्सिजन इन्धन भरी वास्तविक प्रक्षेपण प्रक्रियाको अभ्यास गरिएको थियो । करिब २६ लाख लिटर इन्धन ट्यांकीमा भरेर धेरै घण्टासम्म राखिएको नासाले जनाएको छ ।
यस अभ्यासमा चालक दल सहभागी नभए पनि तीन अमेरिकी र एक क्यानाडेली अन्तरिक्षयात्रीले ह्युस्टनबाट सम्पूर्ण प्रक्रिया निगरानी गरेका थिए । उनीहरू हाल क्वारेन्टिनमा रहेका छन् ।
यदि परीक्षण सफल भएमा अन्तरिक्ष यात्री टोलीलाई यही साता चन्द्रमातर्फ पठाउन सकिने नासाको भनाइ छ । करिब १० दिन लामो यस मिसनमा अन्तरिक्षयात्रीहरू चन्द्रमाको वरिपरि उडेर पृथ्वी फर्कनेछन् । उनीहरू चन्द्रमामा अवतरण भने गर्ने छैनन् ।
आर्टेमिस कार्यक्रममार्फत नासाले भविष्यमा दीर्घकालीन चन्द्र मिसनको आधार तयार गर्ने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण