बाल सुधार गृह सानोठिमीमा अब बालिका मात्रै राखिने
सारांश
- सानोठिमीस्थित बाल सुधारगृहबाट १८ वर्ष माथिका ७५ जनालाई नुवाकोट कारागार सारियो।
- सुधारगृहमा क्षमताभन्दा बढी बालबिज्याइँकर्ता थिए, झडप र आगजनीका कारण संरचनामा क्षति पुग्यो।
- अब सुधारगृहमा बालिका मात्रै राखिनेछ, प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।
भक्तपुर । यहाँको सानोठिमीस्थित बाल सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको छ ।
बालगृहमा क्षमताभन्दा बढी १६९ बालबिज्याइँकर्ता रहँदै आएकामा गत ८ गते राति भएको झडप, आगजनी र तोडफोडका कारण यहाँको अधिकांश संरचनामा क्षति पुगेको थियो भने बालबिज्याइँकर्तालाई जिल्लाका अन्य प्रहरी हिरासतमा स्थानान्तरण गरिएका थिए । पुनः सुधार गृहमा राख्न सक्ने अवस्था नरहेपछि नुवाकोट स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाल सुधार गृहमा रहँदै आएका १८ वर्षमाथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको उनले बताए ।
सुधार गृहमा २४ जना बालिकासमेत रहेका थिए । अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागार चलान गर्ने कानुनी व्यवस्था नहुँदा ३५ वर्षसम्मका युवाहरूलाई समेत सुधार गृहमा राखिँदै आएको थियो । एउटै सुधार गृहमा ३५ वर्ष उमेरसम्मका बालबिज्याइँकर्ता र बालिकासमेत रहँदा सुरक्षामा चुनौती थपिएको, पटक पटक झडप हुँदा समस्या पर्दै आएको थियो ।
प्रमुख जिल्ला अधिकारी ढकालले बाल सुधार गृहको मर्मत गरी बालिकाहरूलाई मात्रै राख्ने गरी व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण