‘कल्की २८९८ एडी’ को सिक्वेलबाट दीपिका आउट, पल्लवी इन् !
मुम्बई । बक्स अफिसमा विश्वव्यापी तहल्का मच्चाएको फिल्म ‘कल्की २८९८ एडी’ को सिक्वेललाई लिएर बलिउड र टलिउडमा नयाँ बहस सुरु भएको छ। फिल्मको पहिलो भागमा सुमति (सम–८०) को मुख्य भूमिका निभाएकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब सिक्वेलमा नदेखिने चर्चा चलेको छ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार दीपिकाको स्थानमा दक्षिण भारतीय फिल्म क्षेत्रकी चर्चित अभिनेत्री साई पल्लवीलाई सो भूमिकाका लागि प्रस्ताव गर्ने तयारी भइरहेको छ। फिल्मको पहिलो भागको अन्त्यमा सुमतिको पात्रलाई निकै महत्त्वपूर्ण मोडमा छोडिएको थियो, जसले गर्दा दोस्रो भागमा यो भूमिका अझै शक्तिशाली हुने निश्चित छ।
दीपिकाले सिक्वेल छोड्नुको कारणबारे आधिकारिक जानकारी नआए पनि केही मिडिया रिपोर्टहरूले भूमिकाको आयतन वा रचनात्मक मतभेदलाई कारण देखाएका छन्। निर्माण पक्षका प्रतिनिधिले साई पल्लवी टोलीको रोजाइमा रहेको सङ्केत गरे पनि उनले फिल्म साइन गरिसकेको बारे आधिकारिक पुष्टि हुन बाँकी छ।
साई पल्लवीको अभिनय क्षमता र बलियो स्क्रिन प्रेजेन्सका कारण उनलाई सुमतिको भूमिकाका लागि ‘उपयुक्त रोजाइ’ मानिएको छ। निर्माताहरूले अहिले केही पनि फाइनल नभएको र छिट्टै आधिकारिक घोषणा गर्ने बताएका छन्।
हाल ‘कल्की २८९८ एडी’ को दोस्रो भागको तयारी अन्तिम चरणमा पुगेको छ। प्रभास, अमिताभ बच्चन र कमल हसन जस्ता दिग्गज कलाकारहरू रहने यस फिल्ममा दीपिकाको बहिर्गमन र साई पल्लवीको प्रवेशको खबरले सिने जगतमा नयाँ तरंग ल्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण