प्रधानमन्त्री कार्कीसँग श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाको भेट
काठमाडाैँ । नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेकी छन् । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेकी हुन् ।
भेटका क्रममा दुवै पक्षबिच नेपाल र श्रीलंका बिचको आपसी द्विपक्षीय सम्बन्ध तथा हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिँदै उनको कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् ।
राजदूत डेल्पिटियाले हालै मात्र नेपालमा आफ्नो पदभार सम्हाल्हेकी थिइन् । उनले यसअघि श्रीलंकाको विदेश मन्त्रालयमा पूर्वी एसिया तथा अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य विभागको महानिर्देशक तथा बंगलादेशमा उप–उच्चायुक्तको रूपमा कार्य गरेकी थिइन् । यो भेटले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण