राजनीति
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बिहीबार, २२ माघ २०८२, १० : ५७
सारांश
- आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको छ।
- चाँदीको मूल्यमा पनि गिरावट आएको छ, हिजोको तुलनामा ६२० रुपैयाँले घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो ।
यसरी हेर्दा आज सुनको मूल्य तोलामा एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । हिजो प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार ८५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार २७० रुपैयाँ तोकेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण