ट्रम्पको हत्या प्रयास गर्ने रायन राउथलाई आजीवन कारावास
सारांश
- अमेरिकी अदालतले डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा रायन राउथलाई आजीवन कारावासको सजाय सुनाएको छ।
- राउथले सन् २०२४ मा ट्रम्पमाथि आक्रमण गर्ने योजना बनाएको र फ्लोरिडामा ट्रम्पको गतिविधि निगरानी गरेको पाइएको थियो।
- राउथले आफूलाई राजनीतिक बन्दीसँग साट्नुपर्ने माग गर्दै ट्रम्पलाई मार्ने उद्देश्य नभएको बताएका थिए।
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर भएका रायन राउथलाई अमेरिकी संघीय अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।
५९ वर्षीय राउथले सन् २०२४ मा राष्ट्रपति चुनाव हुनुभन्दा दुई महिना अघि फ्लोरिडाको वेस्ट पाम बिचस्थित ट्रम्प इन्टरनेसनल गल्फ क्लबमा ट्रम्पमाथि आक्रमण गर्ने योजना बनाएको अदालतले ठहर गरेको हो ।
न्यायाधीश क्याननले फैसला सुनाउँदै राउथले पूर्वयोजनासहित मानव जीवन समाप्त पार्ने सुनियोजित षड्यन्त्र गरेको उल्लेख गरेका छन् । राउथले आफ्नो पक्षमा आफैं वकिल बनेर मुद्दा लडेका थिए । उनले अदालतसँग २७ वर्षको जेल सजाय मागेका थिए, तर अभियोजन पक्षले अमेरिकी लोकतन्त्रलाई अस्थिर बनाउने उद्देश्य रहेको भन्दै आजीवन कारावास सिफारिस गरेको थियो ।
घटना सन् २०२४ को सेप्टेम्बर १५ मा भएको थियो । राउथ ट्रम्पलाई आक्रमण गर्ने उद्देश्यले अर्धस्वचालित राइफलसहित करिब १० घण्टा झाडीमा लुकेर बसेका थिए । सिक्रेट सर्भिसले उनलाई देखेपछि पक्राउ गरेको थियो । पक्राउ पर्नुभन्दा एक महिना अघि फ्लोरिडा पुगेर उनले ट्रम्पको गतिविधि निगरानी गरिरहेको अनुसन्धानमा खुलेको थियो ।
अदालतमा राउथले ट्रम्पलाई मार्ने उद्देश्य नभएको दाबी गर्दै जेलमा मनोवैज्ञानिक उपचार लिन तयार रहेको बताएका थिए । उनले आफूलाई विदेशमा रहेका राजनीतिक बन्दीसँग साट्नुपर्ने माग समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण