बैतडीमा जन्ती बोकेको बस दुर्घटना
बैतडी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।
घटनास्थलमा अहिले उद्धारको काम चलिरहेको छ । अँध्यारोका कारण उद्धारमा कठिनाइ भएको हाट स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी डम्मर कुँवरले बताए । दुर्घटनामा भएको क्षतिका विषयमा यकिन विवरण आउन बाँकी रहेको छ ।
घटनास्थलमा प्रहरी पुगिसकेको छ भने प्रहरी र स्थानीय मिलेर उद्धारको काम गरिरहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको छ ।
इलाका प्रहरी कार्यालय पाटन र ढोल्यामोड प्रहरी चौकीबाट समेत घटनास्थलका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण