रोनाल्डोलाई साउदी प्रो लिगको चेतावनी, ‘कोही पनि व्यक्ति लिगभन्दा माथि छैन’
सारांश
- क्रिस्टियानो रोनाल्डो र साउदी प्रो लिगबीचको सम्बन्धमा दरार आएको छ, रोनाल्डोले क्लबको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
- रोनाल्डोले अल-रियाध विरुद्धको खेल खेल्न अस्वीकार गरेपछि विवाद चुलिएको हो, किनभने उनले क्लबको सञ्चालन शैलीमा असन्तुष्टि जनाएका छन्।
- साउदी प्रो लिगले सबै क्लबहरू स्वतन्त्र रूपमा सञ्चालन हुने र नियम सबैका लागि समान हुने स्पष्ट पारेको छ, र रोनाल्डोको भविष्य अनिश्चित छ।
रियाद । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो र साउदी प्रो लिगबिचको सम्बन्धमा दरार उत्पन्न भएको छ। अल-नासरमा आफ्नो भविष्यलाई लिएर असन्तुष्टि बढ्दै गएपछि साउदी प्रो लिगले रोनाल्डोलाई लक्षित गर्दै ‘कुनै पनि व्यक्ति जतिसुकै प्रभावशाली भए पनि लिगको निर्णयभन्दा माथि हुन नसक्ने’ भन्दै कडा चेतावनी दिएको छ।
४१ वर्षीय रोनाल्डोले सोमबार अल-रियाध विरुद्धको खेल खेल्न अस्वीकार गरेपछि यो विवाद सतहमा आएको हो। साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) ले क्लब सञ्चालन गर्ने शैलीप्रति असन्तुष्ट रहेका रोनाल्डोले खेल्न नमानेको बताइएको छ।
विशेषगरी उनका पूर्व सहकर्मी करिम बेन्जेमालाई अल-इत्तिहादबाट प्रतिद्वन्द्वी क्लब अल-हिलालमा स्थानान्तरण गरिएको विषयले रोनाल्डो थप रुष्ट बनेका छन्। बेन्जेमाले अल-हिलालका लागि डेब्यु खेलमै ह्याट्रिक गरेपछि रोनाल्डोको असन्तुष्टि झन् चुलिएको बीबीसी स्पोर्टले उल्लेख गरेको छ।
साउदी प्रो लिगका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै लिगका सबै क्लबहरू स्वतन्त्र रूपमा सञ्चालन हुने र नियम सबैका लागि समान हुने स्पष्ट पारेका छन्। ‘कुनै पनि व्यक्तिगत खेलाडीले आफ्नो क्लबभन्दा बाहिरको निर्णय निर्धारण गर्न सक्दैन,’ प्रवक्ताले भनेका छन्।
रोनाल्डोले सन् २०२२ मा म्यानचेस्टर युनाइटेड छाडेर वार्षिक १७७ मिलियन पाउण्डको कीर्तिमानी पारिश्रमिकमा अल-नासरसँग सम्झौता गरेका थिए। उनले सन् २०२५ मा दुई वर्षका लागि नयाँ सम्झौता गरे पनि क्लबको पछिल्लो रणनीतिबाट उनी खुसी देखिएका छैनन्।
अहिले साउदी प्रो लिगको अंक तालिकामा अल-हिलाल ५० अंकसहित शीर्ष स्थानमा छ भने रोनाल्डोको टोली अल-नासर ४६ अंकका साथ तेस्रो स्थानमा खुम्चिएको छ। जनवरीको ट्रान्सफर विन्डोमा अल-नासरले उल्लेख्य खेलाडी अनुबन्ध नगर्नु र प्रतिद्वन्द्वी टोली झन् बलियो बन्नु नै रोनाल्डोको मुख्य टाउको दुखाइ बनेको छ।
शुक्रबार अल-इत्तिहाद विरुद्ध हुने महत्त्वपूर्ण खेलमा रोनाल्डो मैदान उत्रने वा नउत्रने भन्नेमा अझै अनिश्चितता कायम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण