रवि लामिछानेले सुरु गरे चुनावी प्रचार
शुक्रबार, २३ माघ २०८२, १४ : ३०
१
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा चुनावी प्रचार सुरु गरे।
- उनले अबको लडाई गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्यासँग भएको बताए।
- लामिछानेले मतदानको दिन मतपत्रमा छाप लगाएर जवाफ दिन आग्रह गरे।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा चुनावी प्रचार सुरु गरेका छन् । शुक्रबार चुनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गदै लामिछानेले चुनावी प्रचार सुरु गरेका हुन् ।
सो क्रममा लामिछानेले अबको लडाई भनेको दलको नेता उम्मेदवारसँग नभई गरिबी, अशिक्षा, बेरोजगारी लगायत देशका विभिन्न समस्यासँग भएको बताए । चुनावी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसै गाली गरे पनि प्रतिवाद नगर्न उनले अनुरोध गरे । उनले अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने भएको धारणा राखे ।
सभापति लामिछानेले निर्वाचनका क्रममा आफू देशभर जानुपर्ने भएकाले चितवनवासीसँग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण