पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
शुक्रबार, २३ माघ २०८२, २३ : १८
सारांश
- पशुपति क्षेत्रलाई वैदिक केन्द्र बनाउन महायज्ञ सुरु भयो।
- महायज्ञ फागुन ४ गतेसम्म चल्नेछ, जहाँ विद्या उपासना गरिन्छ।
- डा. रुद्रानन्दले देवीको अर्चना गरिने बताए।
काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ शुक्रबारदेखि सुरु भएको छ ।
तन्त्रको साधनास्थली र आध्यात्मिक ऊर्जा केन्द्रको रूपमा नेपाललाई विश्वमा चिनाएर धार्मिक पर्यटन प्रवर्द्धन गराउन वनकालीस्थित श्रीपशुपतिनाथ मन्दिर परिसरको नेपाल वेद विद्याश्रममा आजदेखि आगामी फागुन ४ गतेसम्म महायज्ञ जारी रहने छ ।
महायज्ञ आगम परम्परामा आधारित श्रीविद्या उपासना पद्धतिको उच्चतम अनुष्ठानका रूपमा सुरु गरिएको डा रुद्रानन्द ब्रह्मचारी बताए । जहाँ देवी ललिता महात्रिपुरसुन्दरीको एक करोड पटक अर्चना, जप र हवन गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण