कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वि.सं.२०८२ साल माघ २४ गते । शनिबार । ईश्वी सन् २०२६ फेब्रुअरी ७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–षष्ठी, ५३ घडी १३ पला, रातको ४ बजेर ७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–चित्रा, ५२ घडी ४४ पला, रातको ३ बजेर ५५ मिनेट उप्रान्त स्वाती ।
योग– शूल, ४६ घडी २० पला, रातको १ बजेर २१ मिनेट उप्रान्त गंड । करण–गर, दिउसो ३ बजेर २६ मिनेट उप्रान्त वणिज, रातको ४ बजेर ७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काण योग । चन्द्रराशि–कन्या, दिउसो २ बजेर ५९ मिनेट उप्रान्त तुला ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४७ मिनेट । दिनमान २७ घडी २६ पला ।
आजको बार बेला ।
बिहान ६ बजेर ४९ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५० मिनेटदेखि बिहान ८ बजेर १२ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १३ मिनेटदेखि बिहान ९ बजेर ३४ मिनेटसम्म रोग बेला ।
बिहान ९ बजेर ३५ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म चर बेला ।
दिउसो १२ बजेर २० मिनेटदेखि दिउसो १ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ४२ मिनेटदेखि दिउसो ३ बजेर ३ मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर ४ मिनेटदेखि बेलुकी ४ बजेर २६ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर २७ मिनेटदेखि बेलुकी ७ बजेर २६ मिनेटसम्म लाभ बेला ।
नोट :शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ९ बजेर ३३ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर १३ मिनेटदेखि बिहान ६ बजेर १ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । विवाद वा हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । माया प्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नु नै राम्रो रहेको छ । साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । राजनीतिकर्मीका लागी समय अन्य दिन भन्दा मध्यम रहेको छ । साँझपख कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । अध्ययन वा नोकरीमा हुने प्रतिस्पर्धामा विजयको योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम सङ्गत गर्नुहोला, बलजफती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धब हरूसँग मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । छोटो दुरीको यात्रा कष्टकर हुन सक्छ । साँझपख व्यापारबाट नाफा कमाउन सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । होटल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । विद्यार्थी वर्गहरूका लागी मेहनत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा समस्या आई कामहरू प्रभावित हुनेछन् । सवारी साधनको प्रयोग गर्दा वा बाटो हिँड्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । मध्यान्हबाट काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुति गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृढ हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार तथा उद्योगमा गरिले लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ । मेहनतले जीवन शैलीमा परिवर्तन आउनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीतिज्ञको लागी समय मध्यम रहेको छ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्यून हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाब बढ्ने तथा घरायसी कुरामा राय बाझिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । साँझबाट अप्ठ्यारा परिस्थितिसँग जुध्नु परे पनि लक्ष्य पहिल्याउन सकिनेछ । अध्ययनमा मन जानेछ । पेसाप्रति ईमान्दार भएर लाग्नाले लक्ष्य पहिल्याउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारबाट नाफा कमाउन सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । साँझपख विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो खटाइमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूति हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । साँझपख यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । साँझपख समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
-
सल्यानमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण