फोटो फिचर
बेथानचोक गजराम पर्वतबाट लिइएको सूर्योदयको मनमोहक दृश्य (तस्बिरहरू)
शनिबार, २४ माघ २०८२, ०८ : १०
काभ्रे । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–३ र ५ को सिमानामा अवस्थित गजराम पर्वत पछिल्लो समय पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट ३,०१२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेष गरी जाडोयाममा बिहान सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
बिहानको पहिलो किरणसँगै कुहिरो चिर्दै उदाउने सूर्य, खुला आकाशमा प्रस्ट देखिने हिमशृङ्खला र चारैतिर फैलिएको हरियालीले यहाँ आउने पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ।

बेथानचोक नारायणस्थान काभ्रेपलान्चोक जिल्लाकै उच्च स्थानमध्ये एक हो, जहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटकलाई पनि आकर्षित गरिरहेको छ।

प्रकृति प्रेमी तथा साहसिक यात्रामा रुचि राख्नेहरूका लागि गजराम पर्वत एक उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण