नाइजेरियाको बेन्यु राज्यमा आक्रमण, ३० जनाको मृत्यु
नाइजेरिया । नाइजेरियाको मध्य राज्य बेन्युका दुई सहरहरूमा केही दिनको अन्तरालमा भएका दुई आक्रमणमा ३० जनाको मृत्यु भएको जनाइएको छ । यस क्षेत्रमा लामो समय देखि अन्तर–साम्प्रदायिक झडप हुने सम्भावना रहेको स्रोतहरूलाई यदृत गर्दै एएफपीले जनाएको छ ।
क्वान्डे क्षेत्रको अन्वासे गाउँमा शुक्रबार दिउँसो सशस्त्र डाकुहरूले कम्तीमा १३ जना व्यापारीको हत्या गरेको स्थानीय सरकारी अधिकारी इबी एन्ड्र्यूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
उनले आक्रमणकारीहरूले बजारमा आक्रमण गरेर मानिसहरू माथि अनियमित रूपमा गोली हानेको बताएका छन् । आक्रमणले व्यापारी र बासिन्दाहरूलाई आघातमा पार्नुका साथै सम्पत्ति नष्ट भएको जनाइएको छ ।
बासिन्दा र स्थानीय मिडियाका अनुसार मङ्गलबार सशस्त्र व्यक्तिहरूले नजिकैको म्बाइक्योरको बजारमा आक्रमण गर्दा एकजना प्रहरी अधिकारीसहित १७ जनाको मृत्यु भएको थियो ।
यस क्षेत्रमा पछिल्लो समयमा मुस्लिम जातीय मानिसहरू र मुख्यतया इसाई किसानहरू बिच भूमि र स्रोतहरूको नियन्त्रणलाई लिएर हिंसा बढेको जनाइएको छ ।
हिसांत्कम गतिविधि साम्प्रदायिक झडपका रूपमा प्रस्तुत भए तापनि, जलवायु परिवर्तन, हतियारहरूको प्रसार र नाइजेरियाली राज्यबाट दिगो प्रतिक्रियाको अभावले बढेको जटिल क्रियाकलापताबाट अशान्ति उत्पन्न भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण