सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप
सर्लाही । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा बढीलाई दादुरा विरुद्धको खोप लगाइएको जनाएको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले मङ्गलवा–२, ३, ४, ८, ९ र १० मा लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाइएको बताए ।
उनका अनुसार उक्त ठाउँमा करिब १० हजार ३२ जनालाई दादुरा विरुद्धको खोप लगाइको छ । दादुरा फैलिएको ठाउँमा सात हजार ५१९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । “हाम्रो अनुमानभन्दा धेरै बालबालिका ती वडामा थिए”, उनले भने, “त्यही भएर हाम्रो लक्ष्यभन्दा दुई हजार ४५२ जना बढी बालबालिकालाई खोप लगायौँ ।”
दादुराको सङ्क्रमण फैलिएको ती वडामा छ महिनादेखि १५ वर्षमुनिका सबैलाई दादुरा विरुद्धको खोप लगाइएको छ । अहिलेसम्म उक्त ठाउँमा सात जना दादुराका बिरामी भएको पुुष्टि भएको छ ।
“सात जनामा मात्र दादुरा देखिए पनि फैलन सक्ने जोखिम भएकाले प्रभावित वडासँग जोडिएका वडामा पनि खोप लगाएका हौँ”, उनले भने । गत पुस २५ गते मलङ्गवा नगरपालिक–३ र ४ मा दादुरा महामारी फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
-
सल्यानमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण