प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम छनोटको उपाधि कञ्चनपुरलाई
सारांश
- कञ्चनपुरले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जित्यो, बैतडीलाई पराजित गर्दै उपाधि आफ्नो बनायो।
- फाइनल खेलमा कञ्चनपुरले १३५ रन बनायो भने बैतडीले १२६ रन मात्रै बनाउन सक्यो।
- विकास आग्री प्लेयर अफ दी म्याच र किरनकुमार ठगुन्ना प्लेयर अफ दी सिरिज घोषित भए।
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशस्तरीय प्रधानमन्त्री कप छनोट क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले हात पारेको छ ।
शनिबार धनगढीस्थित फाप्ला खेलमैदानमा भएको फाइनलमा बैतडीलाई नौ रनले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार टस जितेर ब्याटिङ गरेको कञ्चनपुरले २४।२ बलमा अलआउट हुँदै १३५ रन बनाएको थियो ।
कञ्चनपुरका लागि आर्यन टमटा र किरण चन्दले १९–१९ रन बनाए । बलिङमा बैतडीका सचिन भट्ट र हिक्मत महराले समान दुई–दुई विकेट लिए । कुल १३६ रनको लक्ष्य पछ्याएको बैतडीले २५ ओभरमा आठ विकेट गुमाएर १२६ रनमात्र जोड्न सक्यो ।
बैतडीका लागि सुनिल चन्दले ४२ रन र आयुश चन्दले २३ रनको योगदान गरे । बलिङमा कञ्चनपुरका विकास आग्री र अरुण ऐरले समान दुई–दुई विकेट हात पारे । प्रतियोगितामा प्लेयर अफ दी म्याच विकास आग्री घोषित भए । प्लेयर अफ दी सिरिजर र बेष्ट ब्याटर किरनकुमार ठगुन्ना घोषित भए । प्रतियोगितामा सुदूरपश्चिमका आठ टिमको सहभागिता थियो । उपाधि विजेता टिम कञ्चनपुरले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण