हेट–स्पीच कानुन विवादपछि फेरि एकजुट भयो अस्ट्रेलियाको विपक्षी गठबन्धन
सारांश
- अस्ट्रेलियाको लिबरल-नेसनल गठबन्धन घृणास्पद अभिव्यक्ति नियन्त्रणसम्बन्धी कानुनमा सहमति जनाउँदै पुन: एकजुट भयो।
- विभाजनपछि नेसनल्सले अभिव्यक्ति स्वतन्त्रता खतरामा पर्ने भन्दै विरोध जनाएका थिए, तर पछि सहमति भयो।
- गठबन्धनले 'छायाँ मन्त्रीपरिषद्' सामूहिक निर्णय कुनै दलले उल्ट्याउन नसक्ने सहमति जनाएका छन्।
क्यानबेरा । घृणा उत्पन्न गर्ने अभिव्यक्ति नियन्त्रणसम्बन्धी कानुनलाई लिएर दुई हप्ताभन्दा बढी समय सम्म अलग्गिएपछि अस्ट्रेलियाको प्रमुख विपक्षी शक्ति लिबरल–नेसनल गठबन्धन आइतबार औपचारिक रूपमा पुनः एकजुट भएको छ ।
क्यानबेरामा संयुक्त रूपमा उपस्थित हुँदै लिबरल नेतृ सुसान लेले गठबन्धन फर्किएको र अब विगत होइन, भविष्यतर्फ हेर्ने बताइन् । विभाजन गम्भीर वैचारिक मुद्दाका कारण भएको स्वीकार गर्दै नेसनल पार्टीका नेता डेभिड लिटिलप्राउडले अन्ततः सहमति भएको बताएका थिए ।
यो गठबन्धन २२ मा टुटेको थियो । डिसेम्बरमा बोन्डी बिचमा यहुदी समुदायलाई लक्षित गरेर भएको आक्रमणपछि लेबर सरकारले ल्याएको घृणा उत्पन्न गर्ने अभिव्यक्ति सुधारलाई लिबरलले समर्थन गरे पनि नेसनल्सले अभिव्यक्ति स्वतन्त्रता खतरामा पर्ने भन्दै सोको विरोध गरेको थियो । नेसनल्सले तल्लो सदनमा मतदान बहिष्कार र सिनेटमा विपक्षमा मत दिएका थिए । नयाँ कानुनले घृणा फैलाउने समूहमाथि प्रतिबन्ध र हिंसा उक्साउने धर्मप्रचारकलाई कडा दण्डको व्यवस्था गर्छ ।
योसँगै गत वर्ष भारी चुनावी हार बेहोरेको गठबन्धन १२ महिनामा दोस्रो पटक फुटेको थियो । यसअघि ऊर्जा र जलवायु नीतिमा मत बाँझिएपछि दुबै अलग भएका थिए । अब दुवै दलले ‘छायाँ मन्त्रीपरिषद्’ सामूहिक निर्णय कुनै दलले एकतर्फी उल्ट्याउन नसक्ने सहमति गरेका छन् । यसबिच, आप्रवासनविरोधी पपुलिस्ट नेता पोलिन ह्यान्सनको ‘वन नेसन’ पार्टीको बढ्दो लोकप्रियताले पनि गठबन्धनलाई दबाब दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
दैलेखको ठाटीकाँधका ९७ शिक्षक–कर्मचारी एक वर्षदेखि तलबविहीन
-
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
-
धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण