बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भोजपुरी गीत ‘कमर धके झूल...’मा मेनुको अभिनय

आइतबार, २५ माघ २०८२, १२ : ४३
आइतबार, २५ माघ २०८२

सारांश

  • मोडल मेनुका माझीको अभिनय रहेको भोजपुरी गीत 'कमर धके झूल...' सार्वजनिक भयो।
  • गीतमा गोलु डी र खुशी कक्कडको स्वर रहेको छ, जसमा सदाम हुसेनको पनि अभिनय रहेको छ।
  • रमेश बोगटीको निर्देशन रहेको भिडियोमा पवित्रा आचार्यले कोरियोग्राफी गरेकी छिन्।

काठमाडौँ । मोडल मेनुका माझी अभिनीत भोजपुरी गीत ‘कमर धके झूल...’ सार्वजनिक भएको छ । गीतको भिडियो अभिनयमा माझीलाई मोडल सदाम हुसेनले साथ दिएका छन् ।

गीतमा गोलु डी र खुशी कक्कडको स्वर छ । गजेन्द्र जीको शब्द, विराज जीको सङ्गीत रहेको गीतमा सङ्गीत संगोजन गोलु जीले गरेका छन् ।

रोमान्टिक गीतको भिडियोमा सदाम र मेनुका रोमान्टिक जोडीको रूपमै प्रस्तुत भएका छन् । भिडियोको कोरियोग्राफी अभिनेत्री पवित्रा आचार्यले गरेकी हुन् ।

भिडियोमा छायाङ्कन महाफुज अन्सारी र सम्पादन सुवास देवकोटाको छ । भिडियो निर्देशक रमेश बोगटीले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप