वरिष्ठ कलाकार सुनिल थापाको निधनले कला र खेलकुद क्षेत्रमा अपूरणीय क्षति भयाे : हरिवंश आचार्य
काठमाडाैँ। वरिष्ठ कलाकार हरिवंश आचार्यले अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको कला र खेलकुद दुवै क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन्। चलचित्र विकास बोर्डमा आयोजित श्रद्धाञ्जली सभामा आचार्यले थापाको बहुआयामिक व्यक्तित्व र अन्तर्राष्ट्रिय ख्यातिको चर्चा गरेका हुन्।
आचार्यकाअनुसार सुनिल थापाले नेपाली कलाकारको पहिचानलाई बलिउड, हलिउड र नेटफ्लिक्सजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
उनले भने- 'उहाँ नेपालमा मात्र होइन बलिउडमा इभन हलिउडका साथै नेटफ्लिक्सहरूमा उहाँको सिनेमाहरू हेर्दाखेरि यो नेपालको मान्छे हो भनेर गर्व गर्ने ठाउँ थियो हाम्रो । र उहाँ कलाकार हुनुभन्दा अगाडि एउटा असाध्यै राम्रो फुटबल प्लेयर पनि हुनुहुन्थ्यो । उहाँ इन्डियाको नेशनल प्लेयर फुटबलर पनि हो । र सम्पूर्ण क्षेत्रमा ठुलो क्षति भएको छ । हामीले सुनिल थापा हाम्रो मान्छे भनेर भारतीय मित्रहरूलाई भेट्दाखेरि पनि हामीले भन्ने अवसर पाउँथ्यौँ । त्यो सबै अब इतिहास भयो नेपाली चलचित्रको लागि।'
आचार्यले आफूले थापासँग ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ र ‘जे भो राम्रै भो’ जस्ता लोकप्रिय चलचित्रमा सँगै काम गर्ने अवसर पाएको उल्लेख पनि गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण