बुढासुब्बा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
सुनसरी । चर्च ब्वाइज युनाइटेड काठमाडौँ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यहाँको धरानस्थित रङ्गशालामा आइतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि सोही गोल नै निर्णायक बन्यो ।
आजको खेलमा चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष प्रताप तामाङले बताए ।
सोमबार आयोजक धरान फुटबल क्बल र लालीगुराँस एफसी पोखराबीच प्रतिस्पर्धा हुने जनाइएको छ । यही माघ २२ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५÷२५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण