डेम्बेले चम्किएपछि पीएसजीको सानदार जित, शीर्ष स्थानमा फर्कियो
सारांश
- ओस्मान डेम्बेलेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेनले मार्सेलाई ५-० ले पराजित गर्यो।
- पीएसजीले लिग वानको शीर्ष स्थानमा आफ्नो स्थान कायमै राख्दै दोस्रो स्थानको लेन्समाथि अग्रता लियो।
- मार्सेको घरेलु मैदानमा भएको खेलमा, डेम्बेलेले १२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
पेरिस । स्टार विङ्गर ओस्मान डेम्बेलेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी मार्सेलाई 'ले क्लासिक' भिडन्तमा स्तब्ध पारेको छ।
मार्सेको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ५–० को विशाल अन्तरले जित निकाल्दै लिग वानको शीर्ष स्थानमा पुनः आफ्नो कब्जा जमाएको हो। डिफेन्डिङ च्याम्पियन पीएसजीले यो जितसँगै दोस्रो स्थानमा रहेको लेन्समाथि दुई अंकको अग्रता बनाएको छ।
ब्यालोन डी'ओर विजेता डेम्बेलेले खेलको १२ औँ मिनेटमै गोलको खाता खोलेका थिए। त्यसको २५ मिनेटपछि उनले दायाँ भागबाट बल एक्लै अगाडि बढाउँदै सानदार गोल गरेर टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफमै पकड बनाएको पीएसजीले दोस्रो हाफमा पनि मार्सेलाई कुनै मौका दिएन।
खेलको ६४ औँ मिनेटमा फ्याकुन्डो मेडिनाले आत्मघाती गोल गरेपछि पीएसजीको जित झनै सहज बनेको थियो। त्यसको दुई मिनेट नबित्दै डेम्बेलेको उत्कृष्ट पासमा खिचा क्वारात्स्खेलियाले उत्कृष्ट भली प्रहार गर्दै टोलीका लागि चौथो गोल थपे।
वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका ली काङ–इनले पाँचौँ गोल गर्दै लुइस इनरिकेको टोलीलाई सानदार जित दिलाए। यो हारपछि रोबर्टो डी जर्बीको मार्से चौथो स्थानमा यथावत् छ तर शीर्ष स्थानको पीएसजीभन्दा १२ अङ्कले पछि परेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण