एकीकृत सेवा कार्यालयद्वारा ४६ लाख राजश्व सङ्कलन
तनहुँ । एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ४६ लाख सात हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउन महिनादेखि पुस मसान्तसम्म उक्त राजश्व सङ्कलन गरिएको हो ।
साउन महिनामा रु सात लाख पन्ध्र हजार, भदौमा रु सात लाख २२ हजार, असोजमा सात लाख ४० हजार, कार्तिकमा रु सात लाख १४ हजार, मङ्सिरमा सात लाख ८८ हजार र पुसमा नौ लाख २५ हजार राजश्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।
उक्त अवधिमा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुई उद्योग दर्ता भएका कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए । उद्योगतर्फ एक हजार २३ नविकरण र वाणिज्यतर्फ ९८८ नविकरण भएका छन् ।
त्यसैगरी, उद्योगतर्फ १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छ भने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण